Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सौगातलाई सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2015/02/25
आठ वर्षको कलिलो उमेरमै ठूलो पर्दाको नेपाली फिल्म ‘लभ यू बाबा’को निर्देशन गरी गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल बाल प्रतिभा सौगात बिष्टलाई डिल्लीबजारमा अवस्थित सूर्योदय आवासीय माध्यमिक विद्यालयले सम्मान गरेको छ । 
 
 
सूर्योदयमा कक्षा २ मा अध्ययनरत सौगातलाई जर्मनी शिक्षाविद् प्रो डा. डां एफ. जे. राडामाकरले सम्मान गरे । उनले आठ बर्षको बालकले फिल्म निर्देशन गर्नु अचम्म भन्दै सौगातको क्षमताको कदर गरे । 
 
सौगातले आफ्नो उत्कृष्ट जीवनको थालनी आमा, बुबा र विद्यालयको संयुक्त मिहिनेतमा भएको र समग्र देशकै इज्जत राख्न सफल भएकोमा खुसी व्यक्त गरे ।
Most Visited News (monthly)