पति श्रीकृष्ण श्रेष्ठको निधनपछि चिन्ताले ग्रस्त भएकी अभिनेत्री श्वेता खड्कालाई ढाडको नशामा समस्या देखिएको छ । श्रीमानको निधनपश्चात झन्डै ४ महिना शोकमा परेर थालिएकी श्वेताले हाल ढाडको समस्या निको पार्न औषधी सेवन गरिरहेको बताएकी छिन् ।
.jpg)
बीबीसी नेपाली सेवामा अर्न्तवार्ता दिंदै श्वेताले श्रीमानको निधनले आफूलाई ठुलो चोट दिएको बताउँदै विवाह गर्नुपूर्व देखेका र बुनेका सपना चकनाचुर भएको आशय व्यक्त गरिन् ।
बीबीसी नेपाली सेवाका लागि सुमन खरेलले विवाह गर्दा के सपना देख्नु भएको थियो भन्ने प्रश्नमा श्वेताले सुखी परिवार, सम्पत्ति, बालबच्चाको सपना रहेको बताईन् । उनले सपना चुडिएपछी अहिले जीवनको बारेमा केही नसोचेको सुनाईन् । उनले आगामी दिनमा दुःखीको सेवा गर्ने इच्छा रहेको बताईन् ।
विवाह भएको दुई दिन जसो मात्र श्रीमानसँग एकसाथ समय विताएकी श्वेताले भनिन्- 'हामी दुई दिन मात्र घरमा सँगै बस्यौं होला । त्यसपछि अस्पतालमा गयौं ।’
विवाह पूर्व नै श्रीकृष्णलाई सुख्खा खोकी लागेको थियो । सँगै भएपछि हेरचार हुन्छ भनेर प्रेमलाई विवाहको रूप दिएकी श्वेतालाई एक महिनामा नै ठुलो बज्रपात पर्यो । समयलाई चिनेर समयमै विवाह गरेको भए यस्तो दिन नआउन सक्ने उनको भनाइ थियो ।
दोष कसलाई दिनुहुन्छ भन्ने सुमनको प्रश्नमा श्वेताले भगवानलाई नै दोष दिईन् । भगवानमाथि विश्वास गर्ने श्वेताले निकै माया गर्ने पति गुमाएपछि अहिले भगवान भन्ने कुरा विश्वास मात्र रहेको बताईन् । केहि समय अगाडी जीवनलाई राम्रो फूल सोच्ने उनले भनिन्- 'बाँच्नु नै जीवन रहेछ ।’

