Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

दर्शकले नदेखेको कथामा `माला`

फिल्मीखबर, काठमाण्डौ, 2015/02/24
फागुन ८ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म 'माला' चैत्र ६ गतेका लागि सरेको छ । 'माला'को प्रदर्शन मिति सरेपछि यसको यूनिटले प्रचारका लागि समय पाएको छ ।
 
ट्रेलरमा सस्पेन्स, थ्रिलर देखिएको 'माला'को बिषय के हो त ? निर्देशक सुदिप भूपाल सिंह भन्छन्– ‘यो समाजमा नै घटिरहेको कथालाई फरक तबरले प्रस्तुत गरिएको फिल्म हो । दर्शकले २ घन्टाको फिल्ममा फरक स्वाद र सस्पेन्सको मज्जा लिन्छन् ।’
 
सस्पेन्स थ्रीलर फिल्म खासै नचल्ने नेपाली बजारमा 'माला' कोशेढुंगा हुने उनको विश्वास छ । ५ बर्ष अगाडि नै निर्माता शिशिर राणासँग कुरा भएकाले 'माला' बनाएको भन्दै लामो समयको अध्ययनपछि यो फिल्मा बनेको उनको भनाइ छ । उनले अब सस्पेन्स थ्रीलर जनरामा नयाँ आयाम बोकेको फिल्म बनाएको बताए ।
 
फरक-फरक जनरामा फरक स्वाद पस्केर फिल्म बनाउन रूची रहेको बताउने निर्देशक सिंहले सबैभन्दा पहिला आफूलाई चित्त वुझ्ने फिल्म बनाउने सुनाए । उनले आफू पनि दर्शक भएको नाताले राम्रो फिल्म बनाउन प्रयास गर्ने बताए । उनले 'माला' हेरेर दर्शक केही डराउने र केही सन्देश लिने दाबी समेत गरेका छन् । 
 
आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, प्रज्वल गिरी, शिशिर राणालगायतको अभिनय रहेको यो फिल्ममा सोम सिंह र प्रज्वल अधिकारीको लगानी छ । शिशिर राणा यसका कार्यकारी निर्माता हुन् ।
Most Visited News (monthly)