Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

सिन्दुर र पोते बोकेर आउँदै `अझै पनि`

संजय सौगात, बुटवल, 2015/02/22
नेपालीको समाजमा नारीको गहनाको रुपमा रहेको सिन्दुर पोतेको महत्व के कति रहन्छ, सिन्दुर लगाउँदा र नलगाउँदा कति फरक पार्छ भन्ने विषयलाई दर्शकले फिल्ममा हेर्न पाउने छन् ।
 
 
सिन्दुर र पोतेको कथालाई प्रस्तुत गरी नेपाली संस्कारलाई संरक्षण गर्ने उदेश्यले निर्माण गरेको भनिएको फिल्म 'अझै पनि' यही फागुन १५ अर्थात आगामी शुक्रबारदेखि देशव्यापी रुपमा रिलिज हुने भएको छ ।
 
फिल्मको प्रमोशनका लागि निर्माण युनिट देशदौडाहामा छ । आइतबार मात्रै चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा युनिटले बुटवलमा पत्रकार सम्मेलन गरी फिल्मको विषयवस्तुबारे जानकारी गराएको छ । 
 
स्वर्गिय आलोक नेम्वाङ निर्देशित 'अझै पनि'मा आम फिल्म जस्तै विषयवस्तु भएपनि फरक किसिमबाट प्रस्तुत गर्न खोजिएको निर्माण पक्षले दाबी गरेको छ । अभिनेता सुदर्शन थापा र निर्माता पूनम गौतमले संयुक्त रुपमा निर्माण गरेको यो फिल्म बिशुद्ध सामाजिक र पारिवारिक रहेको जानकारी दिईयो ।
 
निर्माता पूनम गौतमले यो फिल्मले नेपाली सामाजिक र सांस्कृतिक मूल्यमान्यतालाई प्रतिबिम्बित गर्ने दाबी गर्दै एक पटक आम नेपाली महिलाहरूले हेर्नै पर्ने बताईन् । अभिनेता सुदर्शन थापाले यस फिल्मबाट भरपूर मनोरञ्जन पनि लिन सकिने बताए । कार्यक्रममा कलाकारहरु पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्काले फिल्म उत्कृष्ट रहेको दावी गर्दैै सबैलाई हेरिदिन आग्रह गरे । 
Most Visited News (monthly)