Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोपीकृष्णसँग टुट्यो करिश्माको साथ !

फिल्मीखबर, काठमाण्डौ, 2015/02/22
अभिनेत्री करिश्मा मानन्धरलाई १२ बर्षपछि फिल्म निर्माणमा फर्कदा सुरुवातमै झट्का लागेको छ । करिश्माले सहकार्य गर्ने भन्दै उद्घोष गरेको गोपिकृष्णसँग उनको साथ टुटेको छ ।
 
काठमाण्डौमा ठूलै तामझामका साथ घोषणा गर्दा करिश्माले आफूहरुले गोपिकृष्ण मुभिजसँग सहकार्य गर्न लागेको बताएकी थिइन् । गोपिकृष्णले विभिन्न निर्माताहरुसँग सहकार्य गर्दै निर्माण गर्न लागेको ७ वटा फिल्म मध्ये करिश्माको 'फागु' पनि थियो । यो सहकार्य फिल्म छायांकन नसकिने बेलासम्म पनि टिक्न सकेन । 
 
आखिर किन त ? करिश्माले भनिन्– ‘हामी आँफै सक्षम भयौं त्यसैले गोपिकृष्णसँग यो पटक एकसाथ काम गर्न नसकिएको हो । उनले  कथावस्तुमा पनि केही परिवर्तन गरेका कारण पनि गोपिकृष्णसँग सहकार्य हुन नसकेको तर्क सुनाईन् । करिश्माले भविष्यमा भने गोपिकृष्णसँग काम गर्न सकिने बताएकी छिन् ।
 
यो फिल्मसँग गोपिकृष्ण मुभिज अलग हुनुको पछाडि निर्देशक सम्झना उप्रेती रौनियार रहेको बुझ्नमा आएको छ । श्रोतका अनुसार सम्झनाकै कारणले करिश्माले गोपिकृष्णसँगको साथ छाड्नु परेको हो । फिल्म नगरीमा फिल्मकर्मीसँग राम्रो सम्बन्ध बनाउन नसक्ने सम्झना गोपिकृष्णसँगको सहकार्यकी मुख्य वाधक बनेको श्रोतको दाबी छ । 
 
गोपिकृष्ण मुभिजको ब्यानर लिएर करिश्माले बनाउन लागेको फिल्म 'फागु'को हाल बिरगञ्जमा छायांकन भैरहेको छ । यो फिल्ममा राजेश हमाल, गौरी मल्ल, शिल्पा पोखरेल, सुवास पराजुली, टीका पहारी, बसन्त भट्ट लगायतको अभिनय छ ।  
Most Visited News (monthly)