निर्देशक सुरेश दर्पण पोख्रेल यतिबेला मोडलद्धय पल शाह र बर्षा राउतलाई च्यापेर हिडिरहेका छन् । आफ्नो नयाँ फिल्म 'लभ बर्डस्'मा मुख्य कलाकारको रुपमा लिएपछि सुरेशले यी दुई मोडललाई नयाँ स्टार देखिरहेका छन् ।

अनमोललाई कुर्न छाडेर सुरेशले मोडल पल शाहलाई डेब्यू गराउँदै आफ्नो फिल्मको हिरो बनाउन लागेका हुन् । पल पनि सुरेशको फिल्ममा काम गर्न पाउँदा खुसी देखिएका छन् ।
आफ्नो २५ औं जन्मदिन मनाउदै गर्दा म्यूजिक भिडियोमा राज गरिरहेका पलले आफ्नो तर्फबाट सक्दो मेहनत गर्ने बताए । फिल्म 'लभ बर्डस्'मा उनी प्रेमीको भूमिकामा छन् । पढ्नका लागि गाउँबाट पोखरा पुगेकी एक यूवक र त्यही पढ्दै आएकी यूवती बिचको प्रेम कथामा 'लभ बर्ड' घुमेको छ ।

यता फिल्मकी एकमात्र हिरोइन बर्षा पनि चित्त बुझ्दो भूमिका पाउँदा दंग छिन् । उनी पनि अहिलेकी चल्तापूर्जा मोडल हुन् । यस्तै फिल्ममा बर्षाका रियल प्रेमी सञ्जोग कोईराला र सलोन बस्नेतको पनि मुख्य भूमिका रहने छ ।

