चर्चित फिल्म `बाटो मुनिको फूल`को सिक्वेलको छायांकन शुरू गरिएको छ । झापाका विभिन्न रमणिय स्थानमा यो फिल्मको छायांकन गरिनेछ । ९० प्रतिशत छायांकन झापामै गरेर यसको यूनिट काठमाण्डौ फर्कनेछ ।
फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् । फिल्मको निर्माण यश कुमारले गर्न लागेका हुन् । यो फिल्ममा बाबु बोगटी, यश कुमार, दिलिप रायमाझी, ऋचा शर्मा, अशिष्मा नकर्मी, रिमा विश्वकर्मा, गणेश उप्रेती, सुभद्रा अधिकारी, टिका पहाडी लगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्ममा मानकृष्ण नकर्मीको छायांकन, यश कुमार र बाबु बोगटीको संगीत, चन्द्र पन्तको द्धन्द्ध, गोविन्द प्रभातको नृत्य रहने छ । 'बाटो मुनिको फूल २'मा पहिलो फिल्ममा नखुलेका बिषयलाई उठान गरिने यश कुमारले जानकारी दिए ।

