अभिनेता आयुष रिजाललाई पितृशोक परेको छ । उनका बुबा लालकुमार रिजालको ७५ बर्षको उमेरमा निधन भएको छ ।

विगत १ बर्षदेखि रिजाल किड्नीको समस्याबाट ग्रसित थिए । धादिङका लालकुमारका ३ छोरा र २ छोरी छन् । उनको बिहिबार बेलुकी निधन भएको हो ।
अभिनेता आयुष रिजालले म्यूजिक भिडियो हुँदै रेखा फिल्मस्को 'हिफाजत'बाट नेपाली फिल्म नगरीमा डेब्यू गरेका थिए । हाल उनी नेपाली फिल्म क्षेत्रबाट अस्ताउन थालेका छन् ।
यस दु:खद घडिमा मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।

