Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`दर्शकले नपत्याउँदा दु:ख लाग्यो` : सौगात बिष्ट

फिल्मीखबर, काठमाण्डौ, 2015/02/20

 

विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएपछि एकाएक चर्चित बनेका 'लभ यू बाबा'का निर्देशक सौगात बिष्टले आफूलाई भने दर्शकले नपत्याएको गुनासो पोखेका छन् ।
 
 
आज काठमाण्डौमा आयोजना भएको वधाई ज्ञापन कार्यक्रममा सौगातले भने, 'मलाई दु:ख लागेको छ किनकी दर्शकले मेरो फिल्म हेरिदिनु भएन । सायद म बालकले कस्तो फिल्म बनाउला र भन्ने उहाँहरुलाई लागेको होला । तर, म खुशी छु गिनिज बुकले मलाई पत्यायो ।'
 
सौगातले अब फेरि फिल्म हलमा चलाउने र सबैले हेरिदिने आशा व्यक्त गरे । सौगातलाई गिनिज बुकले ७ बर्ष ३४० दिनमा फिल्म निर्देशन गरेको भन्दै सबैभन्दा कान्छा निर्देशकका उपाधी दिएको छ ।
 
सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले सौगातलाई गिनिज बुकको प्रमाणपत्र प्रदान गरेका थिए । उनले सौगातको फिल्म फेरि हलमा चलाउने वातावरण बनाउन आफूले पनि सक्दो सहयोग गर्ने बताए । सौगातले नेपालकै नाम राखेको मन्त्रीले बधाई दिएका थिए ।
 
 
सौगातका बुबा तथा 'लभ यू बाबा'का कलाकार गजित बिष्टले छोराले फिल्म बनाउँदा आलोचना गर्नेहरु धेरै भएपनि उसले पाएको सफलताले सबै कुरा प्रमाणित गरिदिएको बताए । कलाकार तथा सौगातकी दिदी संगम बिष्टले भाइको खुशीमा आफू पनि खुशी भएको बताइन् ।
 
गजित बिष्ट, संगम बिष्ट, अशिष्मा नकर्मी, निष्मा घिमिरे लगायतका कलाकारले अभिनय गरेको यो फिल्म मंसिर २६ गतेबाट प्रदर्शनमा आएको थियो । कार्यक्रममा फिल्म निर्माता तथा सौगातकी आमा सम्झना पोखरेल बिष्टको जन्मदिन सेलिब्रेट गरिएको थियो । 
Most Visited News (monthly)