Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजना र आयुष्मानको हदभन्दा बढि माया (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/02/20
सडक बालबालिकाको कथालाई मेरूदण्ड बनाएर निर्माण गरिएको फिल्म 'चकलेट'को रोमान्टिक गीत रिलिज गरिएको छ । गीतमा अभिनेत्री पूजना स्त्री र नव अभिनेता आयुष्मान घिमिरेले एकअर्कालाई हदभन्दा बढि माया गर्ने भाव व्यक्त गरेका छन् ।

निर्मल शर्माले निर्देशन गरेको 'चकलेट'मा पूजना र आयुष्मानको साथमा अनुज शाक्य, नम्रता झा, केशब भट्टराई, सुमन गैरेलगायतको अभिनय छ । सात जना बालबालिकाले फिल्मको कथालाई डोर्‍याएका छन् ।  
 
पूजनासहित खुसी गुरूङ, प्रीतीमाया गुरूङ र केशव तमाङको लगानी रहेको फिल्मको प्रस्तुत गीतमा शिखर सन्तोषको संगीत तथा आनन्द अधिकारीको शब्द रहेको छ भने विश्व नेपाली र मिलन अमात्यको स्वर रहेको छ । 
Most Visited News (monthly)