फिल्म निर्माणमा नयाँँ अनुहारको आकर्षण बढिरहेको छ । यसै क्रममा नव निर्माताहरूको एक समूहले एक्सन अभिनेता शिव श्रेष्ठलाई नेगेटिभ हिरोका रुपमा प्रस्तुत गर्दै फिल्म 'एक्सन' निर्माण गरेको छ ।
चिरायु फिल्म्स्को व्यानरमा दीपेन्द्र कोइराला र शर्मीला गुरुङद्धारा निर्माणाधिन यो फिल्ममा शिव श्रेष्ठलाई लामो समयपछि नेगेटिभ हिरोका रुपमा फर्काइएको निर्माण युनिटले जानकारी दियो ।
राजु अर्यालको निर्देशन र लेखनमा निर्माण भईरहेको फिल्म 'एक्सन'मा शिवका साथमा दिपेन्द्र कोइराला, प्रमोद दीप, जेनिषा केसी, रक्षा गुरागाईं, राज थपलिया, कसम गुरुङ, दिनेश घिमिरेलगायलते अभिनय गरेका छन् । देशको बिग्रंदो राजनैतिक अवस्था तथा बढ्दो भ्रष्टाचारको कथामा निर्माण भईरहेको फिल्ममा शिव श्रेष्ठले एउटा भ्रष्टाचारी मन्त्रीको भूमिकामा अभिनय गरेका छन् ।
९० प्रतिशत छायांकन कार्य पूरा भईसकेको फिल्ममा राजु अर्यालको गीत, प्रल्हाद बोगटीको संगीत, गोविन्द प्रभातको नृत्य, कुमार महर्जनको द्धन्द्ध र छायांकन रविन्द्र बरालको रहेको छ ।

