Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`भूल भुलैया`को ट्रेलर सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2015/02/19

चैत्र १३ गतेबाट देशका साथै विदेशमा पनि प्रदर्शन हुन लागेको फिल्म ‘भूल भुलैया’को ट्रेलर बाहिर आएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरु जिवन लुइटेल, नीता ढुंगाना, सोहित मानन्धरको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । योगेश घिमिरेको निर्देशनमा बनेको यो फिल्मका प्रस्तुतकर्ता दिनेशकुमार पोख्रेल हुन् ।

 

फिल्ममा सुशिल कार्की, मणिराज दाहाल र सुरेश गौतमको लगानी छ । फिल्मका कार्यकारी निर्माता निरज ढकाल हुन् । यो फिल्ममा स्पेश सिपको प्रयोग गरिएको छ । नेपाली फिल्मका लागि संभवत पहिलो पटक डिजिटल प्रविधीको प्रयोग गर्दै स्पेश सिपको प्रयोग गरिएको हुनसक्छ । निर्देशक घिमिरले आफ्नो फिल्ममा डिजिटल प्रविधीको भरपुर प्रयोग गरिएको जानकारी पहिले नै गराएका थिए ।

Most Visited News (monthly)