Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात विश्वकै कान्छा निर्देशक

फिल्मीखबर, काठमाडौं, 2015/02/19

फिल्म लभ यू बाबा निर्देशन गर्दा कतीले ८ बर्षका सौगात बिष्टलाई प्रोत्साहन दिए त कतिले गाली । केही फिल्मीकर्मीले त मुख खोलेरै भने, ८ बर्षका बालकले फिल्म निर्देशन गर्नु फिल्म क्षेत्रकै बेइजत हो । तर, उनै सौगातले सानो उमेरमा फिल्म निर्देशन गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।

 

सौगातको नाम गिनिज बुकले आफ्नो अफिसियल वेभसाइटमा राखेको छ । ७ बर्ष ३ सय ४० दिनका सौगातले ९ बर्षको उमेरमा एक भारतीय निर्देशकले राखेको रेकर्डलाई तोडेका हुन् । सौगात विश्वमै फिचर फिल्म निर्देशन गर्ने सबैभन्दा कान्छा निर्देशक हुन् । यसको निर्माणपक्षले भोली काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यस बारेमा औपचारिक जानकारी दिदैछ ।

 

मंसिर २६ गतेबाट हलमा लागेको यो फिल्मले व्यापारिक रुपमा भने सोचे जति सफलता हात पार्न सफल भएको थिएन । तर, यसको निर्माणपक्ष फिल्मको व्यापार भन्दा पनि सौगातको सफलताले हौसिएको छ ।

Most Visited News (monthly)