प्रिती जिन्टा बलिउड र क्रिकेट एकअर्काका पर्यावाची जस्तै हुन् । बलिउडका अभिनेत्री र क्रिकेटका चर्चित खेलाडी विचको सम्बन्धले मिडियामा हरेक समय चर्चा पाउँछ । यो चर्चामा अहिले विराट कोहली र अभिनेत्री अनुष्का शर्मा छन् । तर, केही समय अघिसम्म पनि अभिनेत्री प्रिती जिन्टा र क्रिकेटर यूवराज सिंहको सम्बन्धको चर्चाले मिडिया गर्माएको थियो ।
प्रितीले यस बिषयमा बारम्बार आफ्नो स्पष्टिकरण पनि दिदै आएकी थिइन् । तर, उनको स्पष्टीकरणको वावजुत पनि मिडियामा यो खबर आउन छाडेको छैन । यसैले, अब भने प्रिती रिसले आगो भएकी छिन् । एक अंग्रेजी पत्रिकामा प्रिती र यूवराजको सम्बन्धको खबरले फेरि स्थान पाएपछि प्रिती भड्किएकी हुन् ।
उनले ट्विटरमा आफ्नो भनाई राख्दै लेखेकी छिन्, ‘प्रिय मिडिया । कतिपटक भन्नु कि मैले यूवराज सिंहसँग कुनै डेट गरिन् र यस बारेमा सोच पनि आएन । प्रितीले फेरि ट्विट गर्दै लेखेकी छिन्, यस्तो घटिया समाचार लेख्न बन्द गर्नुहोस् । म र यूवराज विच कुनै पनि खालको सम्बन्ध थिएन ।’

