Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

विक्कीले भगाए प्रेमिका

फिल्मीखबर, काठमाडौं, 2015/02/18

फिल्म ‘समय’बाट नेपाली फिल्ममा डेब्यू गरेका अभिनेत्री मौसमी मल्लका छोरा विक्की मल्लले प्रेमिका भगाएका छन् । प्रेम दिवसको अवसरमा चितवनमा रहेकी प्रेमिकालाई भगाएको स्रोतले बताएको छ ।  बिक्कीले भगाएकी प्रेमिकाको नाम भूमिकासिंह ठकुरी रहेको पनि स्रोतल जनायो ।

 

उनीहरुको लामो समयदेखि प्रेम चल्दै आएको थियो । घरबाट उमेर सानो भएको भन्दै बिहेका लागि अनुमति नआएपछि विक्कीले आमा मौसमकीको सहयोगमा प्रेमिकालाई भगाएका हुन् ।उनीहरुले चाँडै नै बिहे भोजको आयोजना गर्ने बताएका छन् । उनको ‘नागबेली’ फिल्म प्रदर्शनमा आएपनि सफल भएन । विक्कीले अभिनय गरेको साइकल चाडै नै प्रदर्शनमा आउँदैछ । फिल्म समय असफल भएपछि मौसमी पनि फिल्म क्षेत्रबाट टाढा जस्तै देखिएकी छिन् ।
 

Most Visited News (monthly)