Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखालाई के देखाउँन चाहन्छन् छवि ?

फिल्मीखबर, काठमाडौं, 2015/02/16

निर्माता छविराज ओझाको छविराज प्रोडक्शनमा भित्रिएकी अभिनेत्री शिल्पा पोख्रेललाई चिठ्ठा नै परेको छ । उनी एकपछि अर्को छविको फिल्ममा अनुवन्धित भैरहेकी छिन् ।
यसअघि अभिनेत्री रेखा थापालाई लिएर बनाएका फिल्मको सिक्वेल बनाउने धुनमा छवि लागेका छन् । उनले आफ्ना सबैजसो सिक्वेल फिल्ममा अभिनेत्री शिल्पा पोख्रेललाई लिने जमर्को गरेका छन् ।

 


छविले रेखा थापालाई मुख्य अभिनेत्री लिएर काम गरेको किस्मतको सिक्वेल किस्मत २ मा शिल्पालाई अनुवन्धित गरिसकेका छन् । फिल्मको छायांकन वैशाखबाट हुनेछ ।
अब, रेखाकै अर्को हिट फिल्म हिफाजतको पनि सिक्वेल बन्ने भएको छ । यो फिल्ममा पनि शिल्पा पोख्रेल नै अभिनेत्री रहने छविको भनाई छ । छवि जस्ती अभिनेत्री नेपालमा अगाडि बढ्नुपर्छ भनेर आफूले लिएको छविको भनाई छ । हिफाजत २ लाई पनि हिफाजतका निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने भएका छन् । फिल्मको छायांकन भदौबाट सुरु हुने छविको भनाई छ ।

 

Most Visited News (monthly)