Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लभ Birds'को घोषणा

फिल्मीखबर, काठमाडौं, 2015/02/15

भ्यालेन्टाईन्स् डे को अबसर पारेर निर्देशक सुरेश दर्पण पोखरेलले आफ्नो नयाँ निर्देशन रहने फिल्म ‘लभ Birds’को निर्माण घोषणा गरेका छन् ।

मोड्लिङको दुनियामा निकै रुचाईएका अनुहार पल शाह र बर्षा राउतलाई डेब्यू गराउँने लक्ष्य  सहित दर्पणको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको हो ।

पूर्ण रुपमा लभस्टोरी जनरमा बन्ने यस फिल्ममा पहिले अनमोल केसी खेल्ने कुरा थियो तर अनमोलले ८ महिना कुर्न अनुरोध गरेपछि दर्पणले मोडल पल शाहलाई अनमोलको रोल थमाउँदै फिल्म निर्माणको घोषणा गरेका हुन । यस फिल्ममा सलोन बस्नेत र उत्सव फिल्मबाट डेब्यू गरेका अर्का चकलेटी हिरो सञ्जोग कोइराला  पनि प्यारालल भूमिकामा रहने छन् ।

बैशाख देखि फ्लोरमा जाने ‘लभ Birds’  को अधिकाँश सुटिङ पोखरा र चितवनमा हुने छ । थ्री लर्भस निर्देशन गरेको झण्डै दुई  बर्षपछि निर्देशनमा फर्किएका दर्पणले आफ्नो करिअरको दोश्रो ईनिङका रुपमा ‘लभ Birds’  लाई  हेरेको बताएका छन् ।  उनले पूर्ण रुपमा युथ टेष्टलाई ध्यानमा राखेर फिल्मको कथा तयार गरेको बताउँदै मेकिङ शैलीमा पनि कञ्जुसाई नगर्ने उद्घोष गरेका छन् ।

 

 

हाल चलचित्र बिकास बोर्डको सदस्य पदमा र फिल्म वितरण कम्पनी दर्शना आर्ट्सका सिईओ समेत रहेका उनले केही महिना देखि अनमोल केसीलाई आफ्नो फिल्ममा अनुबन्ध गराउँने प्रयाश गरेका थिए । जुन प्रयाश र प्रस्तावमा अनमोलले पनि रुची देखाउँदा देखाउँदै  उनी फाइनल हुन नसकेका हुन ।  ‘लभ Birds’ को कथा र संगीत चाँहि पोखराका गायक शोभित बस्यालले तयार गरेका हुन ।Film मा परिचय नेपाल नामक कम्पनीको लगानी रहने छ जसमा चलचित्र पत्रकार संघका अध्यक्ष  शान्तिप्रियलाई कार्यकारी निर्माता भनी  कम्पनीले अघि सारेको छ ।

Most Visited News (monthly)