अभिनेत्री सुष्मा कार्कीले आफ्नो उमेर लुकाउँदै प्रेम दिवसको अवसरमा जन्मदिन मनाएकी छिन् । गतबर्ष प्रेमी निरनसँग खुशी साट्दै जन्मदिन मनाएकी सुष्माले यसपटक भने फरक तरिका अपनाइन् । प्रेमीसँग अलग भएपछि फिल्म खेल्ने जोडमा लागेकी सुष्माले छायांकनरत फिल्म चलेस बतास सुस्तरीको यूनिटसँग बर्थ डे मनाएकी हुन् ।
फिल्मका मुख्य कलाकार प्रमोद भारद्धाज, निर्माता तथा लेकख प्रदिप भारद्धाज सुष्माको बर्थ डेमा सहभागी थिए । तर, गतबर्षको जस्तो चमकधमक यसबर्ष देखिएन । केही मिडियाकर्मी र फिल्मीकर्मीको साथमा सुष्माले जन्मदिन मनाएकी हुन् । उनले केक काट्दै बर्थ डे सेलिब्रेशन गरिन् । सुष्माको बर्थ डेको अवसरमा उनले अभिनय गरिरहेको फिल्म ‘चलेस बतास सुस्तरी’को पोष्टर पनि सार्वजनिक गरिएको थियो ।

