Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साहरुख नेपाल आउने पक्का

फिल्मीखबर, काठमाडौं, 2015/02/14

लामो समयको प्रतिक्षापछि बलिउडका सर्वाधिक चर्चित अभिनेता साहरुख खान नेपाल आउने पक्का भएको छ । यसअघि बलिउडका आमिर खानदेखि अक्षय कुमारसम्म नेपाल आइसकेका छन् । साहरुख खान मार्च २४ मा नेपाल आउन लागेका हुन् । नेपालमा उनी जम्मा २४ घन्टा बस्नेछन् ।



भारतीय राजदुतावासले साहरुखको सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाउनेछ । साहरुख ब्रान्ड एम्ब्यासडर रहेको न्यारोल्याक पेन्ट्सले उनलाई नेपाल ल्याउन लागेको वुझिएको छ । फागुन २४ गते काठमाण्डौको पाँच तारे होटलमा साहरुखले नेपालका केही पत्रकार, कलाकार, व्यवसायी र विशिष्ट व्यक्तिको अगाडि आफ्नो विशेष प्रस्तुती दिनेछन् । यसअघि साहरुख अक्टोबरमै नेपाल आउने चर्चा चलेपनि  व्यस्तताका कारण उनी आउन सकेका थिएनन् ।



साहरुख खानसँगै नेपालका तर्फबाट अभिनेत्री प्रियंका कार्की, हाँस्य कलाकार विल्सन विक्रम राई, मोडल अकेषा बिष्टले स्टेज साट्नेछन् । यो कार्यक्रममा काठमाण्डौको हायात वा याक एन्ड यती मध्ये एक होटलमा हुनेछ । नेपालमा साहरुखका लाखौ फ्यान भएकाले पनि उनको सुरक्षालाई प्रमुख चुनौती मानिएको छ ।

 

साहरुखलाई हेर्न आम फ्यानले भने नपाउने भएका छन् । यसका लागि टिकट खोल्दा थेग्न नसक्ने आयोजकको  वुझाई छ । फागुन २४ गते बिहान ११ बजे नेपाल आउने साहरुख बेलुका आयोजना हुने कार्यक्रम सकेर भोलीपल्ट सोही समयमा भारत फर्कनेछन् । बलिउडमा किङ खानको उपाधी पाएका साहरुखलाई माया गर्ने नेपाली संख्या पनि लाखौमा छ ।

Most Visited News (monthly)