फिल्मीबजार डटकम प्रेम (प्रणय) दिवसकै दिन देखि गौरबमय पहिलो बर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । गत २०७० फाल्गुन २ गते अर्थात १४ फेब्रुअरी २०१४ मा औपचारिक रुपमा सुरु भएको यस अनलाइन पछिल्लो समय नेपाली चलचित्रकर्मी र पाठक वर्ग बीच लोकप्रिय बनेको छ ।
पहिलो बर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको फिल्मीबजार डटकमले प्रथम बार्षिकोत्सबको अवसरमा यहि फाल्गुन ११ गते सोमबार नेपाली चलचित्र क्षेत्रका ९ चलचित्रकर्मीलाई एक भब्य समारोहका बीच सम्मान गर्ने भएको छ गत २०७० फाल्गुन २ गते अर्थात १४ फेब्रुअरी २०१४ मा प्रेम (प्रणय) दिवसकै दिनदेखि औपचारिक रुपमा सुरु भएको फिल्मीबजार डटकमले ‘चलचित्रकर्मी सम्मान समारोह २०७१’ मा चलचित्र ‘बदलिदो आकाश’ बाट चलचित्र उद्योगमा निर्देशकको रुपमा प्रवेश गरेका अग्रज चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफ टाइम अचिभमेन्ट एवार्ड बाट सम्मानित गरिने भएको छ । सो अवसरमा पहिलो नायिका भुवन चन्दलाई ‘अग्रज कलाकार सम्मान’ले सम्मानित गरिने जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
त्यसै गरी सो समारोहमा ‘प्रोत्साहन सम्मान’ बाट ९ बर्षीय चलचित्र निर्देशक सौगात बिष्ट सम्मानित हुने भएका छन् भने नायिका शिल्पा पोख्रेललाई ‘नवप्रतिभा सम्मान’ प्रदान गरिने भएको छ । यस्तै नरेन्द्र महर्जनलाई ‘वितरक सम्मान’,छायाकार मन्जु कुमार श्रेष्ठलाई ‘प्राबिधिक सम्मान’ प्रदान गरिने भएको छ भने ‘चलचित्र पत्रकारिता सम्मान’ बाट प्रकाश सुबेदी ( टेलिभिजन तर्फ) र बिदुर गिरी (पत्रिका तर्फ) सम्मानित हुने भएका छन् ।
कार्यक्रममा ‘चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ बाट सुमन गैरे (अनलाइन तर्फ)लाई सम्मान प्रदान गरिने अनलाइनका सम्पादक तथा संचालक कम्पनि आइडियल मिडिया प्रालिका प्रमुख श्यामसुन्दर गिरीले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

