Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा प्रियंकाको पहिरन चर्चा

फिल्मीखबर, काठमाडौं, 2015/02/14

बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा सम्पन्न फिल्म सुन्तलीको प्रिमियर समारोहमा अभिनेत्री  प्रियंका कार्कीको पहिरनको चर्चा ज्यादा भयो । बेलायतदेखि साथीले पठाइदिएको डिजाइनमा सेक्सी देखिएकी प्रियंकालाई आफैले लगाएको पहिरन सम्हाल्न भने धौ धौ भयो । उनलाई उनका नजिकका साथीले पहिरन लत्रेपछि साथ दिइरहेका थिए ।



तैपनि प्रियंका आफ्नो नयाँ स्टाइलको पहिरनबाट तारिफ पाएपछि दंग थिइन् । भाष्कर ढुंगानाले निर्देशन गरेको फिल्म सुन्तलीमा प्रियंका शिर्ष भूमिकामा छिन् । प्रियंकाले लगाएको पहिरन माथिल्लो भागमा ज्यादा खुलेको थियो भने भूइमा लत्रेकाले उनलाई सम्हाल्न गाह्रो देखियो ।

 



फिल्म हेर्नका लागि पत्रकार, कलाकार, फिल्मीकर्मीको बाक्लो उपस्थिती थियो । अभिनेत्री केकी अधिकार िप्रियंकालाई साथ दिन कुमारी हल पुगेकी थिइन् । विभिन्न मिडियाका सम्पादक समेत सुन्तली हेर्न हलमा पुगे ।



प्रियंका कार्की, कर्मा, अर्पण थापा लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई बन्दिपुरमा खिचिएको हो । एउटा गाउँको रमाइलो माहोलमा एक सुन्दर यूवती पुगेसँगै आउने विभिन्न खालका रोमाञ्चककारी घटनालाई सुन्तलीले देखाएको छ । फिल्म हेर्ने अधिकांशले यसको प्रस्तुतीलाई रुचाए । तर, कतिपयले भने आशा गरे अनुसार नपाएको बताए ।

Most Visited News (monthly)