ललितपुरमा रहेका ब्यूटिसियनहरुले स्थापना गरेको ‘ललित ब्यूटिसियन बहुउद्देश्यीय सहकारी संस्था’ले आफ्नै लगानीमा ‘कस्मेटिक होलसेल पसल’को सुरुवात गरेको छ । बिहीबार आयोजित कार्यक्रममा हाँस्य कलाकार दीपाश्री निरौला, पूर्व मिस नेपाल उषा खड्गी, साप्ताहिकका सम्पादन सुवास ढकाल, सभासद मदनबहादुर अमात्य र नारी मासिककी सह–सम्पादक झरना नहकर्मीले उद्घाटन गरेका छन् ।
यस संस्थाकी अध्यक्ष मिना न्यौपानेले सहकारी एक बर्षमा पुगेको अवसर पारेर होलसेल पसलको सुरुवात गरिएको हो । उनले पसलमा महिलाहरुको सम्पूर्ण कस्मेटिक सामान होलसेल मुल्यमा विक्री गर्ने बताइन् । यो संस्थाले चाडै नै वृद्धाश्रम पनि खोल्ने तयारी गरेको छ । यो संस्थामा ४२ जना ब्यूटिसियनहरु सदस्य छन् । पसल उद्घाटन गर्न पुगेकी कलाकार दीपाश्रीले ब्यूटिसियनहरुको कामको प्रशंसा गरेकी थिइन् ।

