Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्पतालको चक्कर लगाउँदै अनुष्का

फिल्मीखबर, काठमाडौं, 2015/02/14

अभिनेत्री अनुष्का शर्मा अहिले अस्पतालको चक्कर लगाइरहेकी छिन् । आखिर, अनुष्का किन अस्पतालको चक्कर लगाइरहेकी छिन् भन्ने तपाइलाई लाग्न सक्छ । अनुष्का अहिले फिल्म बम्बे बल्वेट र एनएच१० मा एकसाथ काम गरिरहेकी छिन् । विराट कोहलीसँगको प्रेमका कारण चर्चामा रहेकी अनुष्का दुई फिल्म एकसाथ गर्दा विरामी परेको बताइन्छ ।

 

 

जसका कारण पनि उनको स्वास्थ्यमा विभिन्न् खालका समस्या देखिन थालेको छ । अनुष्कालाई डाक्टरले एक साता भन्दा बढी लामो समय आराम गर्न भनेका छन् । अनुष्काको कम्मरमा ठूलै समस्या देखिएको छ । तर, दुई फिल्मको काममा ज्यादा व्यस्त भएकाले पनि अनुष्काको स्वास्थ्यमा समस्या सुरु भएको छ । उनी अहिले अस्पतालको चक्कर लगाइरहेकी छिन् ।

Most Visited News (monthly)