८ बर्षिय बालक सौगात बिष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’को हङकङमा विशेष शो गरिएको छ । फिल्म हेर्न करिब ५ सय दर्शक उपस्थित भएको फिल्मका कलाकार तथा निर्देशकका बुवा गजित बिष्टले जानकारी दिए ।

उपस्थित दर्शकले ८ बर्षका बालकले पनि राम्रो फिल्म बनाएकोमा खुसी व्यक्त गरेको गजितको भनाई छ । नेपाल महिला संघ हङकङको आयोजनामा गरिएको च्यारेटी शो ‘पीए नेपाल'को सहयोगार्थ गरिएको हो ।
गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतका कलाकारले अभिनय गरेको यो फिल्ममा बाबु छोरीको प्रेमलाई देखाईएको छ ।
सम्झना पोख्रेलले निर्माण गरेको यो फिल्मका ८ बर्षे निर्देशक सौगात बिष्टको नाम ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा लेखिने क्रममा छ । प्रकृया पूरा भएर नाम लेखिने अन्तिम चरणमा पुगेको बताईन्छ ।

