बलिउड बजारमा अभिनेत्री ज्याकलिन फर्नान्डेज र अभिनेता सलमान खानविच केही न केही चक्कर चलेको खबर आइरहेका छन् । सलमान र ज्याकलिनले एक अर्कालाई देखाएको सम्मान र प्रेमले पनि यो कुरा पुष्टी गरिरहेको छ ।

ज्याकलिनलाई आफ्नो फिल्मभन्दा सलमानको चर्चामा समय बढी खर्चन मन लाग्छ । उनले हालै मात्र आयोजना भएको एक कार्यक्रममा सलमानको खुलेरै तारिफ मात्र गरिनन् । उनलाई बलिउडकै ह्यान्डसम पुरुषको संज्ञा पनि दिइन् ।
ज्याकलिनको नजरमा सलमान पहिलो स्थानमा छन् भने दोश्रो स्थानमा अर्जुन रामपाल । उनले आफ्नो नयाँ फिल्म 'रोय'मा एकसाथ काम गरेका रणवीर कपुरको पनि कुरा गरिनन् ।
ज्याकलिनले सलमानको शरीरको पनि प्रशंसा गरिन् । आफ्नो नयाँ फिल्म 'रोय'बाट खुबै उत्साहित ज्याकलिनले आफू यो फिल्ममा एक्लो भएर पनि रमाउने यूवतीको भूमिकामा रहेको बताइन् ।

