Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.40/5.00)
Text size:-
+
-

सिटिसी र सिभिल मलमा झुक्किईन् करिष्मा

फिल्मीखबर, काठमाण्डौ, 2015/02/11
अभिनेत्री करिश्मा मानन्धर फिल्म वान वेको शो हेर्न पुग्दा केही दु:ख व्यहोरिन् । काठमाण्डौको सुन्धारा स्थित सीटीसी मलमा फिल्मको प्रिमियर राखिएको थियो । करिश्माले सीटीसी मल चिनिनन् या विर्सिइन्, उनी पुगिन् सिभिल मल ।
 
कार्यक्रम सुरु भैसक्दा पनि हलमा उपस्थित नभएकी करिश्मालाई खोज्ने काम पनि भयो । यसैविच कार्यक्रम संचालन गरिरहेका संचारकर्मी नरेश भट्टराइले करिश्मा सिभिल मलमा छिरेको बताए । 
 
सिभिल मल छिरेपछि फर्केर सिटिसी मल आउन पर्दा करिष्मालाई 'वान वे' पर्‍यो । त्यसैले उनलाई एक फन्को लगाउन पर्‍यो । 'वान वे'को प्रिमियर भएर होला उनी 'वान वे'मा नै परिन् । 
Most Visited News (monthly)