Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डनले हेरे `वान वे` (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2015/02/11
फिल्म 'वान वे'को प्रिमियर गरिएको छ । काठमाण्डौको सिटिसी मलमा यो फिल्मको प्रिमियर गरिएको हो । प्रिमियरमा डनदेखि फिल्मकर्मी तथा सञ्चारकर्मीको उपस्थिती थियो ।   
 
 
 
फिल्म हेर्नका लागि सिटिसी मलमा यसका निर्माता तथा डनले परिचित दिपक मनाङगे पुगेका थिए । फिल्म चल्नुअघिको कार्यक्रममा उपस्थित दिपक मनाङगेले केही पनि बोलेनन् । फिल्म हेरेपश्चात उनले राम्रो फिल्म हेर्न पाएको भन्दै खुसी व्यक्त गरे । दिपकका छोरा सिद्धार्थ गुरुङ यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका छन् ।
 
फिल्म हेर्नका लागि नेपाली फिल्म क्षेत्रका चर्चित अनुहारहरु अभिनेत्रीहरु केकी अधिकारी, अनु शाह, दीपाश्री निरौला हलमा देखिए । यस्तै फिल्मका मुख्य कलाकारहरु करिश्मा मानन्धर, रविन तामाङ, विल्सन विक्रम राई, श्याम राई पनि हलमा देखिए । नव अभिनेता सिद्धार्थ गुरुङ र अभिनेत्री माला लिम्बु पनि आफू अभिनित फिल्म हेर्न पुगेका थिए ।
 
 
 
फिल्मलाई प्रदिप भट्टराइले लेखेका हुन् । उनले आफूले मनदेखि पहिलो पटक फिल्म लेखेकाले दया भन्दा पनि मायाको अपेक्षा गरेको सुनाए । बाबु र आमा नमिल्दा घरबार बिग्रने र छोराछोरीको अवस्था समेत नराम्रो हुने फिल्मले बिषयवस्तु उठान गरेको छ । 
 
फिल्म हेरेपछि अधिकांश फिल्मीकर्मीले बिषयवस्तु राम्रो उठान भएको बताए । तर, फिल्ममा समावेश केही संवादलाई भने सेन्सरले काट्नु भन्दा पनि नकाटी प्रदर्शन गरिएकोमा फिल्मीकर्मी र पत्रकारले असन्तुष्टी पोखेका छन् । केही सार्वजनिक रुपमा बोल्न नमिल्ने शब्दलाई समेत नकाटी फिल्ममा देखाइएको छ । 
 
 
 
चलचित्र विकास बोर्ड सदस्य सुरेश दर्पण पोख्रेलले सेन्सरले काट्नु भनेपनि देखाइएको भन्दै निर्माता राजकुमार राईसँग आफूले कुरा गर्ने बताए । यो फिल्मलाई राजकुमार राईले निर्माण गरेका हुन् । 
Most Visited News (monthly)