फाल्गुन ८ गतेबाट चैत्र ६ गतेका लागि रिलिज पोष्टपोण्ड भएको फिल्म 'माला'को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । प्रचार प्रसार नपुगेको भन्दै रिलिज मिति सारेर फिल्मको प्रोमो रिलिज गरिएको हो ।
.jpg)
सस्पेन्स थ्रीलर श्रेणीको 'माला' चैत्र ६ गते 'धून' फिल्मसँग भिड्ने छ । यता फागुन ८ गते चल्ने फिल्म 'इच्छा'लाई 'माला' सर्नाले फाईदा पुग्ने छ । 'इच्छा' माघ २ गतेबाट सरेर फागुन ८ मा पुगेको हो ।
अभिनेत्री प्रियंका कार्कीको शिर्ष भूमिका रहेको 'माला'मा आर्यन सिग्देल, सुमिना घिमिरे र प्रज्वल गिरीको पनि मुख्य भूमिका छ । फिल्मलाई सुदिप भुपाल सिंहले निर्देशन गरेका हुन् भने कलाकार शिशिर राणाले निर्माण गरेका हुन् ।

