Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कालो धनको सूचीमा बलिउड अभिनेत्री

फिल्मीखबर, काठमाण्डौ, 2015/02/10

हालै मात्र स्विजरल्याण्डको एक बैंकमा कालो धन राख्ने विश्वका हजारौ मानिसको नाम सार्वजनिक भएपछि तहल्का नै मच्चिएको छ । यो सूचीमा बलिउडकी एक चर्चित अभिनेत्री पनि परेकी छिन् । 

 

 
भाष्कर दैनिकका अनुसार बलिउड अभिनेत्री महिमा चौधरी पनि कालोधन राख्ने व्यक्तिको सूचीमा परेकी छिन् । उनले सरकारलाई राजस्व वुझाउनु पर्ने भयले स्विजरल्याण्डको एचएसबीसी बैंकमा कालो धन लुकाएको खुलासा भएको हो ।
 
११९५ व्यक्तिको सूचीमा पर्ने महिमा बलिउडकी एक मात्र कलाकार हुन् । यो एकाउन्टमा रकम जम्मा गर्ने व्यक्तिहरुको कुल रकम २५ हजार ४ सय करोड छ । जसमा महिमाको खातमा कति कालोधन छ भन्ने खुल्न आएको छैन । यो बिषयमा महिमाले अहिलेसम्म केही पनि बोलेकी छैनन् । 
 
महिमाको नाम भारतका धनाढ्य मुकेश अम्वानी, स्मिता ठाकरे, सुरिन्दर कपूर जस्ता मानिससँग जोडिएको छ । दार्जलिङमा जन्मिएकी महिमाले सुभास घइको 'परदेश'बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनले आफ्नो पहिलो फिल्मबाट नै फिल्मफेयर अवार्ड जितेकी थिइन् । 
 
Most Visited News (monthly)