Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बजारमा `सुनगाभा`को डिभिडी

फिल्मीखबर, काठमाण्डौ, 2015/02/10
समलिंगीको कथामा बनेको फिल्म 'सुनगाभा'को डिभिडी सार्वजनिक गरिएको छ । मंगलवार ठमेल स्थित कुर्वा थाई रेष्टुरेन्टमा आयोजित एक प्रेस मिटबाट फिल्मको डिभिडी सार्वजनिक गरिएको हो । फिल्मको डिभिडीलाई हाईटेक ईन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । 
 
 
सुवर्ण थापा निर्देशित 'सुनगाभा' दुई बर्षअघि प्रदर्शनमा आएको थियो । निशा अधिकारी, दिया मास्के र सौगात मल्ल मुख्य भूमिकामा रहेको 'सुनगाभा' व्यवसायिक रूपमा सफल हुन नसकेपनि हेर्नेको मन भने जितेको फिल्म हो । यो फिल्मले विभिन्न देशका सात वटा फिल्म फेस्टिभलमा सहभागीता जनाईसकेको छ ।
 
डिभिडीको बजार खस्किरहेको अवस्थामा पनि 'सुनगाभा'को व्यापार राम्रो हुन सक्ने अनुमान हाईटेक ईन्टरटेन्मेन्टका प्रोप्राईटर राजेन्द्र मानन्धरको छ । मानन्धरले डिभिडी बिक्री हुन छाडेपछि आफ्नो कम्पनीले सिमित फिल्महरुको मात्र राईट किन्ने गरेको बताएका छन् । उनले 'सुनगाभा'लाई   फ्रेन्च भाषामा सबटाईटलबाट समेत हेर्न सकिने जानकारी दिए । 
 
Most Visited News (monthly)