Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाकको टुप्पोमा टिका लगाएर `म्याड हाउस`को शुभ साईत

फिल्मीखबर, काठमाण्डौ, 2015/02/10
 नीत जी इन्टरटेन्मेन्टको ब्यानरमा बिप्लव आचार्यको निर्माण र प्रस्तुतिमा बन्न लागेको फिल्म `म्याड हाउस`को आज काठमाडौँको कालिकास्थानमा शुभ साईत गरियो ।
 
 
नाकको टुप्पोमा टिका लगाएर 'म्याड हाउस' टिमले फिल्मको शुभ साईत गरेको हो । निदारमा लगाईने टिकालाई नाकमा लगाएर फिल्म युनिटले फरक पन देखाएको छ ।
 
समर निरौलाको निर्देशनमा बन्ने यस फिल्ममा सौगात मल्ल, राम केएसी, टिका जिरेल, श्याम खड्का, निशा जोशीलगायतका कलाकारहरूको अभिनय रहने छ । सस्पेन्स थ्रीलर भनिएको यो फिल्मलाई सौरन मानन्धरले खिच्दै छन् । 
 
'हाम्रो ईज्जत हाम्रो नाकसँग जोडिएको हुन्छ । उत्साह, खुसी, जनाउदा ‘नाक घिरौँला जत्रो भयो, नाक फुल्यो’ भनेर भनिन्छ भने कमजोरीलाई ‘नाक काटियो’ भनेर भनिन्छ । समाजले नै स्वीकार गरेको यस तथ्यलाई आधार मान्दै हामीले हाम्रो नाकमा टिका लगाएका हौँ', निर्देशकले भने । 
Most Visited News (monthly)