Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

चितवनमा `अझै पनि`

फिल्मीखबर, काठमाण्डौ, 2015/02/10
फागुन १५ मा देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'अझै पनि' प्रचारप्रसारको तिब्र गतीमा छ । यसै क्रममा फिल्म युनिटले सोमवार चितवनकै सबैभन्दा ठूलो रियालिटी शो 'डान्स चितवन डान्स'मा आफ्नो सहभागिता जनायो ।
 
 
'डिसिडि'को ग्राण्ड फाईनल कार्यक्रममा निर्माता पूनम गौतम, अभिनेता तथा निर्माता सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र गायक तथा संगीतकार हरि लम्सालले सहभागिता जनाएका थिए । कार्यक्रममा गायक लम्सालले हाल चर्चामा रहेको 'प्रेम दिवस...' बोलको गीत गाएका थिए । लम्सालले गाउँदै गर्दा उपस्थित दर्शकले लम्साललाई साथ दिएका थिए ।
 
निर्माता गौतमले आफु पनि चितवनकी छोरी रहेको बताउँदै चितवनवासीलाई फागुन १५ मा 'अझै पनि' हेर्नको लागि आग्रह गरिन् । अभिनेता तथा निर्माता सुदर्शन थापाले फिल्म सामाजिक कथामा बनेको बताए । उनले फरक पहिचान र उत्कृष्ट काम दिन सफल स्वर्गिय निर्देशक आलोक नेम्वाङ्को अन्तिम फिल्म उत्कृष्ट बनेको बताए । 
 
'अझै पनि'मा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, विजय लामा, मिथिला शर्मा, रामशरण पाठक, पुष्प खड्का, बिशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । 
Most Visited News (monthly)