Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

खुल्दैछिन् मेनुका

फिल्मीखबर, काठमाण्डौ, 2015/02/09
नेपाली फिल्ममा अहिले कलाकार मेनुका प्रधानको चर्चा विस्तारै बढिरहेको छ । मेनुकाको चर्चा उनको अभिनय भन्दा बढी उनले गर्ने आइटम नृत्यले खुल्न थालेको देखिन्छ ।
 
 
'एक दिन एक रात', 'भिसा गर्ल', 'सुनगाभा' र 'भिजिलान्ते' लगायतका फिल्ममा अभिनय गरिसकेकी कुशल कलाकार मेनुकाले फिल्म 'टलकजंग भर्सेस टुल्के'मा आइटम नृत्य गरिन् । यो फिल्ममा उनले गरेको आइटम गीतको फिल्म हेर्नेहरुले चर्चा गरे । फिल्म खासै नचलेपनि युटुबमा उनको आइटम गीत राम्रैसँग चल्यो ।
 
मेनुकाले अभिनेता निखिल उप्रेतीले निर्देशन र निर्माण गरेको फिल्म 'भैरव'को एक गीतमा पनि आइटम नृत्य गरेकी छिन् । यो गीतमा पनि मेनुकाको जवानी छताछुल्ल भएको बताईएको छ ।
 
खुल्दै गएकी मेनुका फागुन २२ गतेबाट प्रदर्शनमा आउने फिल्म 'झिग्राना'मा त झनै बोल्ड देखिएकी छिन् । यो फिल्ममा मेनुकाको बेडसिन समेत खिचिएको छ । यो दृश्यमा मेनुकाले पुरुष सहकर्मीसँग दिएको वेडसिन अत्याधिक उत्तेजक देखिन्छ ।
 
के नेपाली फिल्ममा चर्चा पाउनका लागि मेनुका पर्दामा खुल्न थालेकी हुन् त ? या, मेनुकाको ग्ल्यामर डिमाण्ड बढेको हो ? 
 

Most Visited News (monthly)