नेपाली फिल्म `देव देवकी`को सम्पुर्ण छायाङ्कन सुदूरप्श्चिममा गरिने भएको छ । सोमवार कैलालीको लम्कीमा पत्रकार सम्मेलनको आयोजना गर्दे फिल्म निर्माणको घोषणा गरियो ।
मिडिया सर्च एण्ड मुभि मेकर प्रालीको ब्यानरमा निर्माण गर्न लागेको फिल्मको मुहुर्तसँगै मंगलबारबाट कैलालीको चिसापानीमा छायाँकन शुरू गरिने निर्देशक माधवराज खरेलले जानकारी दिए । उनले फिल्म प्रेमकथामा आधारित रहने जानकारी दिए ।
फिल्ममा श्रीदेब भट्टराई, श्रीजु अधिकारी, सानिया खान, रबिन्द्र बमले अभिनय गर्दैछन् । फिल्ममा सन्तोष श्रेष्ठ, दुर्गा दाहाल र अनिल बिरहीको संगीत, जनक अधिकारीको छायाँकन रहने छ भने पहिलो महिला द्धन्द निर्देशकको रूपमा किरण दाहालले द्धन्द निर्देशन गर्दैछिन् ।

