के फिल्म `पूनर्जन्म`ले आर्यन सिग्देलको खस्कदो क्रेजलाई माथि लैजाला ? के आर्यन फेरि चल्तीको अभिनेताको रुपमा उकासिएलान् ?
लगातार दुई द्धन्द्धात्मक फिल्म नचलेपछि आर्यनको करिअर माथि नै प्रश्न उठिरहेको समयमा फागुन २२ गतेबाट उनले पहिलो पटक आर्मीको भूमिकामा काम गरेको फिल्म `पूनर्जन्म` चल्दैछ ।
सजन श्रेष्ठले पहिलो पटक निर्देशन गरेको यो फिल्ममा नेपालको इतिहासलाई उठान गरिएको बताइन्छ । निर्माता मोहनकृष्ण श्रेष्ठ रहेको फिल्ममा केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाहीको पनि मुख्य भूमिका छ ।

