Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ बर्षपछि फिल्ममा ऐश्वर्या

फिल्मीखबर, काठमाण्डौ, 2015/02/05
पूर्व विश्व सुन्दरी एवं बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय ५ बर्षपछि फिल्ममा फर्किएकी छिन् । छोरीलाई जन्म दिएपछि एकाएक पर्दा पछाडि बसेकी ऐश्वर्या आफूलाई मेन्टेन गरेर फर्किएकी हुन् । 
 
 
ऐश्वर्याले ५ बर्षपछि काम गर्न लागेको फिल्म 'जज्बा'को छायांकन सुरु भएको छ । उनी आफ्नो फिल्मको छायांकन सेटमा देखिएकी हुन् । संजय गुप्ताको निर्देशनमा छायांकन सुरु भएको यो फिल्ममा ऐश्वर्या एक वकिलको भूमिकामा छिन् । 
 
ऐश्वर्यालाई इरफान खान, शबाना आजमी, अनुपम खेरले साथ दिनेछन् । फिल्ममा उनी द्धन्द्ध गर्दै गरेको अवस्थामा पनि देखिनेछिन् । निर्देशक गुप्ताले ऐश्वर्यालाई नयाँ अवतारमा यो फिल्ममा देख्न सकिने बताएका छन् । 
 
इरफान खानले यो फिल्ममा एक सस्पेन्ड प्रहरी अफिसरको भूमिका निर्वाह गर्दै छन् । ५ बर्षपछि फर्कदा ऐश्वर्या खुशी देखिएकी छिन् । यो फिल्म यही बर्षको मे महिनामा प्रदर्शनमा आउनेछ ।
Most Visited News (monthly)