Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

`कर्मा`मा आर्यन र जीवन एकसाथ

फिल्मीखबर, काठमाण्डौ, 2015/02/05
अभिनेता आर्यन सिग्देल र जीवन लुईटेल फिल्मी करिअरमा एकसाथ फिल्मको पर्दामा देखिएका छैनन् । जीवन र आर्यन अहिलेका चल्तीका अभिनेता हुन् । दुबै जना एकपछि अर्को फिल्ममा व्यस्त भएपनि फिल्म भने एकसाथ खेलेका थिएनन् ।
 
दुबै अभिनेता अनिल संग्रौलाको नयाँ फिल्ममा काम गर्न राजी भएका छन् । काम गर्नका लागि दुबै अभिनेताहरुले सम्झौता पनि गरिसकेको जानकारी दिएका छन् ।
 
भानु महर्जनको प्रस्तुतीमा तयार हुन लागेको फिल्मको छायांकन नेपाल र नेपाल बाहिर हुने पक्का भएको छ । अभिनेता सिग्देल सम्झौता गरेको केहि महिना भैसकेपनि छायांकन हुन नसकेको बताए । अभिनेता लुईटेलले आर्यन र आफ्नो भूमिका समान भएको भन्दै कथावस्तु राम्रो रहेको खुलाए ।
 
फिल्मको नाम 'कर्मा' राखिएको छ । फिल्मको छायांकन वैशाखबाट सुरु हुने जीवनको भनाई छ । फिल्मका अन्य कलाकार पक्का भैसकेका छैनन् । अभिनेता आर्यन र जीवन एकसाथ देखिदा निर्मातालाई फाइदा पुग्ने विश्वास गरिएको छ ।
Most Visited News (monthly)