चैत्र १३ गते रिलिज हुन लागेको फिल्म 'भूलभुलैया'को रोमान्टिक गीत 'माया राम्रो डबल सिम' रिलिज गरिएको छ । राजेन्द्र थापाको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको प्रस्तुत गीतमा जीवन लुईटेल र नीता ढुंगानाको डबल सिम वाला माया देखाईएको छ ।
प्रल्हाद तिमल्सिना र मल्लिका कार्कीको स्वर रहेको प्रस्तुत गीतको कारियोग्राफी कविराज गहतराजले गरेका हुन् । योगेश घिमिरेले निर्देशन गरेको फिल्म 'भूलभुलैया'लाई दिनेश कुमार पोखरेलको प्रस्तुतीमा शुशिल कार्की, सुरेश गौतम र मनिराज कार्कीले निर्माण गरेका हुन् ।

