Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मिसन पैसा रिलोडेड`लाई `पिजी`

फिल्मीखबर, काठमाण्डौ, 2015/02/04
एक्सन–थ्रिलर फिल्म 'मिसन पैसा रिलोडेड'लाई चलचित्र जाँच समिती (सेन्सर बोर्ड)ले `पिजी` सर्टिफिकेट दिएको छ । अब यो फिल्म १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको उपस्थितीमा मात्र हेर्न पाउने छन् ।
 
 
फिल्मका केही संवाद र दृश्यमा कैची चलाएको निर्माता माधव वाग्लेले बताए । फिल्म नबुझ्ने सेन्सर बोर्डमा भएकाले अनावश्यक कुरामा कैंची चलाएको बताए ।  फागुन १५ गते रिलिज हुन लागेको 'मिसन पैसा रिलोडेड'लाई नरेन्द्र महर्जन र माधव वाग्लेको निर्माणमा सिमोस सुनुवारले निर्देशन गरेका हुन् । 
 
प्रचन्डमान श्रेष्ठको लेखन रहेको यो एक्सन कमेडी फिल्ममा रेश मरहठ्ठा, निशा अधिकारी, आमिर गौतम, हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । अभिनेत्री प्रियंका कार्कीलाई एउटा आईटम गीतमा देख्न सकिनेछ । 
 
फिल्ममा हरी हुमागाँइको छायांकन, राजकुमार उप्रेतीको द्वन्द्व, दिर्घ खड्काको सम्पादन, स्वर्गिय पाण्डव सुनुवारको संगीत रहेको छ । यो फिल्म 'मिसन पैसा'को सिक्वेल हो । 
 

Most Visited News (monthly)