नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी सुन्दर अभिनेत्री करिष्मा मानन्धरको आज फेब्रुअरी ४ तारिखका दिन जन्मदिन हो ।
.jpg)
श्रीमान बिनोद मानन्धर र छोरी कविताको जन्मदिनलाई भव्य रूपमा सेलिब्रेट गर्ने करिष्माले जन्मदिनमा कुनै बिशेष कार्यक्रम राखिनन् । जन्मदिनमा आमासँग दिनभर जसो शालिनदी मेलामा करिष्मा रमाईन् ।
'सन्तान' फिल्मबाट रजतपटमा प्रवेश गरेकी करिष्मा हाल आफूले निर्माण गर्न लागेको फिल्म 'फागु'को प्रि-प्रोडक्सनमा व्यस्त छिन् । १२ बर्षपछि फिल्म निर्माणमा फर्केकी करिष्मालाई निर्माताको रूपमा सफलताको कामना सहित जन्मदिनको शुभकामना !

