Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`सक्षम नेता नहुँदा देश बिग्रियो` : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2015/02/04
हजार भन्दा बढी दर्शकहरुको उपस्थितीमा अभिनेता राजेश हमाल पुग्दा ताली खुबै बज्यो । हमालले पनि दर्शकको तालीलाई अभिवादन गरे । 
 
हमालबाट केही कुरा सिक्ने र उनको जीवन अनुभव सुन्न आएका विद्यार्थीदेखि विभिन्न वर्गका व्यक्तिहरुले त्यस्तो भने पाएनन् । हमालले आफ्नो करिअरको भन्दा पनि देशको कुरा बढी गरे ।
 
‘म नेपाली हाम्रो नेपाल’ अभियानमा साथ दिन काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा पुगेका हमालले आफूले राष्ट्रिय कार्य गर्नका लागि फिल्म क्षेत्रमा नआएको बताए । उनले आफ्नो मनले यही क्षेत्र रोजेपछि यता आएको बताए ।
 
आफू सफल भएमात्र समाज र समाज सफल भएमात्र देश सफल हुने तर्क हमालको थियो । हमालले नेताहरुलाई पनि खुबै गाली गरे । नेपालले सक्षम नेता पाउन नसक्दा देशको हालत यस्तो भएको हमालको भनाई थियो । `यो देशलाई हजारौं होइन एउटा सक्षम नेता चाहिएको छ', हमालले भने, 'हामीले त्यो सक्षम नेता पाउन सकेका छैनौं ।'
 
देशले एउटा नेतृत्व गर्ने नेता पाउन नसकेको भन्दै उनले एउटा सफल नेतृत्वले मलेसिया, सिंगापुर, चीन जस्ता राष्ट्र बिकासमा अगाडी बढिरहेको उनले तर्क गरे । नेताहरुले सही समय पाउँदा पनि यसको सदुपयोग गर्न नसक्दा नेपालीले अनावश्यक दुख पाएको हमालको भनाई थियो ।
 
कार्यक्रममा बोल्दै उनले यूवाहरुलाई आफ्नो मनबाट जे आउँछ त्यही काम गर्न आग्रह गरे । उनले नेपाली हुनुमा आफैमा सहज नभएको भन्दै जब राष्ट्रियताको कुरा जोडिन्छ तब विभिन्न खालका पीडा भोग्नुपरेको अनुभव सुनाए । 
 
लण्डन जाँदा नेपाली भएकै कारण उनले विमानस्थलमा भोग्नुपरेको पीडा सुनाउँदै यसलाई राष्ट्रियताको सबालसँग जोडेका थिए ।
Most Visited News (monthly)