अभिनेत्री नम्रता श्रेष्ठको लागि असफल फिल्मको क्रम रोकिएको छैन । एकपछि अर्को फिल्म असफल भएपछि नम्रताका लागि पनि नराम्रो झट्का लागिरहेको छ ।
नम्रताले आफैले निर्माण गरेको फिल्म 'सोल सिस्टर' चलेको र उत्रेको पनि थाहा भएन । त्यो भन्दा अगाडि उनको अभिनय रहेको फिल्म 'ताण्डव'ले पनि असफलता पाएको थियो । फिल्म छानेर काम गर्ने बाटउँदै आएकी नम्रताको रोजाइको कथाले दर्शकको मन छोएन ।
अहिले नम्रताले नै अभिनय गरेको फिल्म 'सम्बोधन' हलमा लागिरहेको छ । तर, 'सम्बोधन'ले अपेक्षित दर्शक पाउन सकेन । बर्षको सुरुवातमा 'नोभेम्बर रेन'ले निर्माता सुवास गिरीलाई राहत दिंदा नम्रता चम्केकी थिइन् । तर, एकपछि अर्को फिल्म प्रदर्शनमा आउनु र सबैले बक्स अफिसमा कमजोर व्यापार गर्नुले नम्रताको स्टारडममाथि नै प्रश्न सोझाएको छ ।
नेपाली फिल्ममा चल्तीकी र मिडियामा छाइरहने अभिनेत्री हुन्, नम्रता । तर, उनै नम्रतालाई हेर्न दर्शक हलसम्म जान नसक्दा उनले पनि बिषयवस्तु छनोटमा सोच्नै पर्ने अवस्था आएको छ ।

