Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघ २३ मा त्यस्तो के छ ?

फिल्मीखबर, काठमाण्डौ, 2015/02/04
माघ २३ गते न कुनै सार्वजनिक बिदा छ न पर्व नै । कुनै पनि चाडपर्व वा विदा नहुँदा पनि आधा दर्जन नेपाली फिल्म एक आपसमा भिड्न तयार देखिएका छन् ।
 
माघ २३ मा ठूला र साना बजेटका फिल्म एक आपसमा भिड्दै छन् । यो दिन फिल्म 'लोग्नेमान्छे' चल्दैछ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्महरु मध्ये सर्वाधिक चर्चामा यो फिल्म छ । लय संग्रौलाको निर्देशनमा बनेको यो फिल्ममा दिलिप रायमाझी र नन्दिता केसी मुख्य भूमिकामा छन् ।
 
यसका साथै यही दिनमा फिल्म 'स्केप' पनि प्रदर्शनमा आउने छ । 'स्केप'ले लागूपदार्थ दुर्व्यसनीको कथालाई उठाएको छ । प्रदीप खड्का र रिमा विश्वकर्माको मुख्य भूमिका रहेको यो फिल्मलाई अनन्त घिमिरेले निर्देशन गरेका हुन् ।
 
यही दिनमा विशाल पोख्रेलको मुख्य भूमिका रहेको फिल्म 'रथ' पनि प्रदर्शनमा आउँदैछ । फिल्म 'रथ'लाई कैलाश अधिकारीले निर्देशन गरेका हुन् । यही मितिमा जातियताको कथा उठान गरेको फिल्म 'सुनपानी' पनि प्रदर्शनमा आउँदैछ । 
 
४ फिल्मका साथ बलिउड र हलिउड फिल्म पनि नेपाली बजारमा प्रदर्शन हुनेछन् । 
Most Visited News (monthly)