मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अर्जुनको नयाँ छलाङ

फिल्मीखबर, काठमाण्डौ, 2015/01/29
नेपाली फिल्म तथा आधुनिक गीतमा संगीत भरेर चर्चामा आएका संगीतकार अर्जुन पोख्रेल मुम्बई लागेका छन् । ‘छुट्छ कि साथ', 'सररर बेगमारी', 'सुन्छु तिमीले मलाई', 'तिम्रो आँखामा आँशु हेरी’ लगायतका थुप्रै चर्चित गीतका हिट संगीतकार मिक्सिङको तालिमका लागि मुम्बई लागेका हुन् ।
 
यो समयमा उनले बलिउड फिल्मका चर्चित पाश्र्व गायकहरुको आवाजमा केही गीत रेकर्ड गर्ने तयारी पनि गरेका छन् । उनले अर्जित सिंह, मिल्खा सिंह, अतिफ अस्लम लगायतका गायकसँग काम गर्न लागेको जानकारी दिएका छन् । उनले एक हिन्दी गीतमा पनि संगीत भर्नेछन् ।
 
भारतबाट नै सार्वजनिक गर्ने ‘क्या कुछ नही होता प्यारमे सनम’ बोलको गीतमा आफूले संगीत भर्न लागेको अर्जुनले जानकारी गराएका छन् । अहिलेका व्यस्त संगीतकार पोख्रेलले छविराज ओझा, सुदर्शन थापा, ज्ञानेन्द्र देउजा, गोपिकृष्ण मुभिज, सुशिल पोखरेल लगायतका चर्चित फिल्मकर्मीको फिल्ममा संगीत गरिरहेका छन् ।