मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा `इच्छा`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/29
फागुन ८ गते नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म `इच्छा` नेपालमा प्रदर्शन नहुँदै अष्ट्रेलियामा बिक्री भएको छ । अष्ट्रेलियामा नौ लाखमा सहमती भएको निर्देशक मुनाल घिमिरेले बताए । 
 
फिल्मको तर्फबाट निर्देशक घिमिरे र अष्ट्रेलियाको लब्लि इन्टरटेन्मेन्टको तर्फबाट शेषमणी शर्माले संयूक्त रुपमा सहमती पत्रमा हस्ताक्षर गरे । फिल्म २०१५ को मे महिनामा प्रदर्शन गरिने बताईएको छ । 
 
बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको 'इच्छा'मा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको फिल्ममा लगानी छ ।