मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

लोकगायक पशुपती शर्माको स्वर फिल्ममा

फिल्मीखबर, काठमाण्डौ, 2015/01/29
चर्चित लोकगायक पशुपती शर्माले फिल्म 'ब्रास्लेट'का लागि गीत गाएका छन् । उनीसंगै लोक गायिका टिका पुनले दीपक शर्माको संगीतमा आफ्नो स्वर रेकर्ड गर्नेछिन् ।
 
 
 
केशब भट्टराईको निर्माणमा निर्मल शर्माले निर्देशन गर्न लागेको 'ब्रास्लेट'मा पशुपती र टिकालाई पार्श्व गायनमा डेब्यू गराउन लागिएको हो । फिल्मको कथाबस्तु अनुसार लोक 'फ्लेवर'कै गीत रहने भएकाले पशुपती र टिकालाई लिईएको निर्देशक शर्माले जानकारी गराए । 
 
फागुन महिनाको अन्त्यतिर सुटिङ शुरू हुने भनिएको सस्पेन्स थ्रीलर जनराको यो फिल्ममा जीवन लुईटेल र राजनी केसी मुख्य भूमिकामा रहने सम्भावना बलियो देखिएको छ । फिल्मको कथा जया ओझाले लेखेकी हुन् ।