मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६० सेकेन्डको फिल्ममा `अमुर्त` प्रथम

फिल्मीखबर, काठमाण्डौ, 2015/01/29
विगत एक दशकदेखि अधिकारका लागि संचार अभियान अन्तर्गत क्रियाशील संचार संस्था इन्टरफेस नेपालले हरेक वर्ष आयोजना गर्ने ६० सेकेण्ड सर्ट फिल्म फेस्टिभल माघ १३ गते बिहीबार राजधानीमा सम्पन्न भयो । 
 
 
अन्तिम प्रतिस्पर्धाका लागि छानिएका ६५ वटै फिल्म फेस्टिवलमा देखाइएको थियो । फिल्म प्रदर्शन पश्चात निर्णायक मण्डलले छनौट गर्दै गोपाल त्रिताल निर्देशित 'अमुर्त' प्रथम भयो भने दोस्रो डायमोण्ड उप्रेतीले निर्देशन गरेको 'चुङ्गी' भयो । यस्तै तेस्रो स्थानमा हिरन श्रेष्ठको निर्देशन रहेको 'टक्सिक टेररिजम' पर्न सफल भयो ।   
 
फिल्महरुले क्रमश: २५ हजार, १५ हजार र १० हजार प्राप्त गरे । त्यसैगरी जुरी अवार्ड अवार्ड दिकेश खड्गी शाहीले निर्देशन गरेको 'लाइफ फाइल' र भोटिङमा सवैभन्दा बढी मत प्राप्त गरेको नवविजय श्रेष्ठ निर्देशित 'एक सोच'लाई पब्लिक चोइस अवार्ड प्रदान गरियो । यी दुवै विजेताले नगद पुरस्कार १० हजार प्राप्त गरे ।
 
आफू वरपरका समसामयिक विषय लिएर युवालाई लक्षित गरि आयोजना गरिएको फेस्टिवलका लागि गत पुष १६ सम्ममा विभिन्न विधाका ६० सेकेण्ड अवधि भएका छोटा फिल्महरु बुझाउन आह्वान गरिएको थियो । करिव ४ महिना समय दिएर आह्वान गरिएको फेस्टिभलमा देश भित्रबाट राजनीति, गरिवी, विभेद, द्धन्द्ध, बेरोजगार, वातावरण, चाडपर्ब, कला, संस्कृति, पर्यटन, शिक्षा, फिक्सन, अपाङ्गता, कृषि, ब्यङ्ग्य, एनिमेसन लगायत देशको विविधता समस्याहरु झल्कने फिल्महरु प्राप्त भएका थिए । 
 
यस फेस्टिभलमा मोवाइल तथा कुनै पनि किसिमका क्यामेरा प्रयोग गरि आफुलाई मन लागेको समाजिक विषयमा बनाइएको फिल्म सहभागी हुन सक्छन् । पाँच सदस्यीय जुरीमा फिल्मकर्मी नीर शाह, अभिनेता राजेश हमाल, कलाकार सुजन चित्रकार, बैंकर रविना देशराज श्रेष्ठ र फिल्म समीक्षक दिपेन्द्र लामा थिए ।