मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकारको भिडियोमा पत्रकारकै अभिनय

फिल्मीखबर, काठमाण्डौ, 2015/01/29
‘धेरै रोएँ तिम्रो यादमा छैन अब आँशु 
खुसी सबै लिलाम भए म कसरी हासुँ...’
 
 
सञ्चारकर्मी एवम् गीतकार डब्बु क्षत्रीले लेखेको यो गजल ‘झरी’मा सँग्रहित छ । जुृगल डँगोलको सँगीत र अञ्जना गुरुङको स्वरको यो गजललाई दर्शकले भिडियोका रुपमा टेलिभिजनमा हेर्न पाउने छन् ।
 
मंगलबार राजधानीमा छायाँकन गरिएको यो भिडियोमा अभिनेता तथा सञ्चारकर्मी श्याम अर्याल, अभिनेत्री मोनिका दाहाल र मोडल खुसी घिमिरेले अभिनय गरेका छन् । निरोज श्रेष्ठले खिचेको यो भिडियोको निर्देशन मित्र गुरुङले गरेका हुन् । 
 
आर्थिक रुपमा सम्पन्न विवाहित युवा खोजेर दोस्रो विवाह गर्ने र केही महिनामै सम्बन्ध विच्छेद गरेर कान्छी श्रीमतीले लाखौं रुपैयाँ अंशबन्डा लिने क्रम नेपाली शहरी समाजमा निकै फस्टाएको छ । यही समस्यालाई भिडियोमा उतारेको गजलकार क्षत्रीले जानकारी गराएका छन् ।