मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

ओबामाले गरे शाहरूखको चर्चा

फिल्मीखबर, काठमाण्डौ, 2015/01/27
३ दिने भारत भ्रमण सकेर अमेरिकी राष्ट्रपति बाराक ओबामा स्वेदश फर्किसकेका छन् । तर, उनले अमेरिका फर्कनु अघि दिएको मन्तव्यले सामाजिक संजाल ट्विटरमा चर्चा पाइरहेको छ ।
 
दिल्लीको सिरी फोर्ट अडिटोरियममा मन्तव्य दिने क्रममा ओबामाले आफूले बलिउड अभिनेता शाहरूख खान, खेलाडी मेरी कोम, मिल्खा सिंह र नोबेल पुरस्कार बिजेता कैलाश सत्यावर्थीमाथि गर्व गर्ने बताए । 
 
ओबामाले मन्तव्यको दौरान शाहरूखको चर्चित फिल्म 'दिल्वाले दुल्हनिया लेजायंगे'को संवाद पनि बोलेका थिए । उनले 'बडे बडे देशे मे' बोले र भने, 'तपाईं बुझ्दै हुनुहुन्छ म के भन्दैछु ।'
 
ओबामाको यो भनाई पछि यतिबेला ट्विटरमा शाहरूखको प्रशंसामा हजारौं ट्विट भैरहेका छन् । ओबामाको मन्तव्यपछि बलिउड अभिनेता शाहरूख खानले उनलाई ट्विटरको माध्यमबाट धन्यवाद दिएका छन् । 
 
शाहरूखले लेखेका छन्, 'मलाई गर्व छ कि ओबामाले दिएको धर्म र लिंगको बराबरीको मन्तव्यमा मेरो नाम पनि सामेल भएको छ । तर दु:ख छ कि उनी भागडां गर्न सक्दैनन् । तर, अर्को पटक छैया छैया जरुर गर्नेछन् ।'