मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तोती बोलीमा गीत (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/01/27
गायक तथा हाँस्य कलाकार आरपी भट्टराईले तोते बोलीको गीत ल्याएका छन् । हाँस्य कलाकार तथा गायक भट्टराईले आफ्नो दोस्रो गीति अडियो एल्बम 'नेपाली भुँडी'मा रहेको शिर्ष गीतलाई म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन् । 
 
गीत अनुसारको यसको म्युजिक भिडियोमा झण्डै एक दर्जनले अभिनय गरेका छन् । 'मलाई चिनाउने लादालाम क्यारेक्टर अनुसार तोते बोलीमै गीत गाएँ', आरपी बताए । आरपीले कमेडी सिरीयल 'तितो सत्य'मा तोते बोली बोल्ने अधबैंशे पात्रको रूपमा चिनिएका छन् ।
 
आरपीले तोते बोलीमा गीत गाए पनि सामाजिक रुपान्तरणका लागि सन्देश दिने प्रयास गरेको बताए । उनले 'नेपाली भुँडी' अगाडी 'याया थुक्क' नामक एलबम बजारमा ल्याएका थिए ।